Sajhamanch Archive

पर्यटकको मन जित्न सफल करसोङ पदमार्ग

Published: in विविधा, समाज, by .

कमल । नेपालको पूर्र्वी पहाडी जिल्ला ईलामको नाम लिना साथ पर्यटनका लागि देशमै चिनिएको जिल्लामा पर्दछ । त्यसमा पनि पर्यटनको प्रचुर सम्भावना बोकेको इलामको रोङ गाउँपालिका एक हो ।

गाउँपालिकाले वडा नम्वर ३ हाँसपोखरी देखि वडा नम्वर ६ सिद्धि खोला दोभान सम्म २९ किलोमिटर पदमार्ग निर्माण गरेको छ । सो पदमार्गलाई रोङ गाउँपालिकाले करसोङ (सुनाखरी) नामाकरण गरेको छ । यो करिब एक करोड ३० लाख रुपैयाको लागतमा निर्माण सो पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय पदमार्गले पदयात्रीको मन जित्न सफल भएपछि पर्यटकको संख्यामा बृद्धि भएको हो ।

करसोङ पदमार्गमा पर्ने विभिन्न रमणीय स्थानका साथै पदमार्ग आसपास रहेका विभिन्न जातका वनस्पत्ती बारेमा जानकारी गराउँदै प्रचार प्रसार गर्ने उद्देश्य यहि पुस २ र ३ गते गाउँपालिकाका जनप्रतिनिधी का साथमा ईलाम र झापाका संचारकर्मीसहितको टोलीले पदमार्गमा यात्रा तय गरेको थियो ।

पदमार्ग सामुन्द्र सतहदेखि ४ सय मिटर देखि १८ सय मिटरको उचाईसम्म रहेकोले यस ठाउँमा पदयात्रा गरेर आनन्द लिन सकिने रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष सुवास तामाङ बताए ।

पदमार्गमा उचाई अनुसारका वनस्पतिको अवलोकन गर्न पाईन र शरिर पनि स्वस्थ्य हुने भएकोले पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने तामाङको भनाई छ ।

पछिल्लो समय पैदल यात्रा गर्नेको आकर्षण बढ्दै गएका कारण यो पदमार्ग निर्माण गरिएको हो । यो पदयात्राले सय ठाउँमा भएका पर्यटकीय क्षेत्रलाई एक अर्का सँग जोड्ने र आन्तरिक र बाह्य पर्यटकलाई आकर्षणको केन्द्र बनाउने गाउँपालिकाको योजना रहेको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्राप्त बजेटलाई गाउँपालिकाले पदमार्ग निर्माणका लागि खर्च गरेको छ । पदमार्ग निर्माणका लागि आवश्यक थप रकम प्रदेश र केन्द्र सरकारले समेत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

पदमार्ग ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्व रहेको छ । पदयात्रामा पर्ने १५ स्थानको प्रवर्धन गर्ने योजना रहेको तामाङले बताए । जसमा सूर्योदयको अवलोकन गर्नका लागि झन्डीडाँडाको संरचना निर्माणको काम लगभग सकिन लागेको छ ।

पदमार्ग मेचि राजमार्गको रोङ गाउँपालिकाको वडा नम्बर ३ हाँस पोखरी देखी सुरु भएर सूर्योदय नगरपालिका हुँदै झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगी सम्म फैलिएको वडा सदस्य केशर बहादुर प्रधानले जानकारी दिए ।

पदमार्गमा आएका पर्यटकलाई सहजताकालागी विभिन्न पाँच ठाउँमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । जस अन्तरगत रम्यब्याङ, सलकपुर, जौबारी, मजुवा र पाटापुरमा होमस्टे सञ्चालन गरेर स्थानीय उत्पादनको बजारीकरण र प्रबर्धन गर्ने तयारी रहेको छ । जसमध्ये रम्ब्याङ र सलकपुरमा क्यारितास नेपालको सहयोगमा होमस्टे सञ्चालन भइरहेको प्रधानले बताए ।

पदमार्गमा विभिन्न जातका लालिगुराँस र फलफुलका एक लाख विरुवा रोप्ने योजना रहेको छ । अहिले सम्ममा नेपाली सेनाको सहयोगमा २५ हजार लालीगुँरासको बिरुवा रोपिएको छ बाँकि विरुवा पनि छिट्टै रोपिने प्रबक्ता तामाङ बताए ।

झापाबाट नजिकै पर्ने भएकोले यो पदयात्रा कृषि तथा वनस्पती विज्ञान अध्यायनरत विध्यार्थिकालागी अध्ययन भ्रमण का साथै अनुसन्धाको राम्रो केन्द्र बन्नुका साथै लालीगुँरासका सौखिनकालागी अब लालिगुराँस हेर्न टाढा जानु नपर्ने तामाङ बताउछन् ।

पर्यटनको ठूलो सम्भावना बोकेको उक्त पैदलमार्गको शुक्रवार (पुस २ र ३ गते) औपचारिक रुपमा उद्घाटन भएको घोषणा गरिएको छ । उद्घाटन कार्यक्रममा झापा तथा इलामका पत्रकारहरुले पैदल यात्रा गरेका छन् । पैदलमार्गको प्रचार तथा प्रवर्धन गर्ने उद्देश्यले पत्रकारहरुलाई सहभागी गराइएको थियो । शुक्रवार र शनिबार दुई दिने उक्त कार्यक्रमलाई गाउँपालिका सहित पर्यटन कार्यालय काँकरभिट्टाको समेत सहयोग गरेको थियो ।

नेपाली पदयात्रीका लागी सुनाखरी पैदल मार्ग उपयुक्त गन्तव्य बन्न त सक्छ नै एसका साथै भारतीय पर्यटकका निम्ति पनि यो पदमार्ग पहिलो रोजाइमा पर्ने पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकृत निरज कट्टेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *