Sajhamanch Archive

शिवसताक्षीको मिलनचोकमा पनि मनाइयो चासोक तङ्नाम

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी ७ स्थित मिलनचौकमा चासोक तङ्नाम पर्व भव्य रुपमा मनाइएको छ । मंगलबार मिलन साँस्कृतिक परिवारको आयोजनामा लिम्बु जातिको मौलिक पर्व मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ भव्यका साथ मनाइएको हो । कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले गरेका थिए ।

चासोक तङ्नाम कार्यक्रममा न्वागी पुजा गरी प्रसाद वितरण गरी लिम्बु जातिको खेलहरु छेलो (पलङ) धनु (लि), डोरी तान्ने (इधाक) लगायतका खेलहरु खलाइएको थियो ।

कार्यक्रममा किरात याक्थुुङ चुम्लुुङका नगर अध्यक्ष विरवल जबेगु, वडा नं. ७ का अध्यक्ष नविन इजम, नेकपा एमाले नगर अध्यक्ष रोशन थोप्रा, समाजसेवी जितेन्द्र चेम्जोङ, समाजसेवी तुलाराम बोखिम, सन्तोष थोप्रा, सुर्य योङ्या, नेपाली कांग्रेस नगर उपाध्यक्ष सन्त फेउदेन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुले साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । र, कार्यक्रमको अन्त्यमा गायक एकदेव लिम्बु र गायिका सुनिता संयक (लिम्बु)ले आफ्नो प्रस्तुति पस्केका थिए । कार्यक्रम राजबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *