Sajhamanch Archive

कांँग्रेसको मतगणना आज सकिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं- नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ। मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन लागेको हो।

पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्य तर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ।

अहिले दलित, खस-आर्य, आदिवासी जनजातिको गणना बाँकी छ। दलित ९, खस आर्य १३ र जनजाति तर्फ १५ जना सहित ३७ जनाको गणना सकिन बाँकी रहेको र उक्त गणना आज नतिजा आउने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

कांँग्रेसमा पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको सङ्ख्या १३४ जनाको हुने व्यवस्था छ। सभापतिले मनोनित गर्ने ३३ जनासहित कुल केन्द्रीय समिति सदस्य संख्या १६७ जनाको हुन्छ।

सभापतिमा शेरबहादुर देउवाले जित हात पारेका छन् भने पदाधिकारीसहित केन्द्रीय समितिमा उनी पक्षको स्पस्ट बहुमत छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *