आयात प्रतिस्थापनका लागि राष्ट्रबैंकको नयाँ निर्देशन, गाडी आयातमा पनि कडाई
Published:
by .काठमाण्डौ । शोधानान्तर घाटा तीव्र रुपमा बढ्दै गएपछि आयातलाई निरुत्साहित गर्ने गरी नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरेको छ ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत निर्देशन-२०७६ु मा केन्द्रीय बैंकले संसोधन गर्दै गाडीदेखि कतिपय वस्तुहरु आयातमा कडाई गरेको हो ।
चिनी र चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सूर्तिजन्य बस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका बस्तु तथा सामानहरू, जुत्ताचप्पल, छाता र लाठी, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु, सुनचाँदीजस्ता वहूमुल्य बस्तुहरु आयात गर्न सतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।
यस्तै, सवारी साधन(विद्युतीयबाहेक) आयात गर्न पनि ५० प्रतिशत अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्रबैंकको यो निर्देशनसँगै माथि उल्लिखित वस्तुहरुको आयात गर्न आयातकर्ताले तोकिएको नगद मार्जिन राख्नुपर्नेछ । यसले आयात निरुत्साहित हुने केन्द्रीय बैंकका अधिकारीहरु दाबी गर्छन् ।
यसैगरी, सतप्रतिशत नगद मार्जिन राखेर प्रतितपत्र खोल्नुपर्ने र आयातकर्ताले भुक्तानी गर्नुपर्दा सोही मार्जिन निक्षेप प्रयोग हुने हुँदा उक्त भुक्तानी गर्दा बैंकहरुले टीआर लोन र अल्पकालीन कर्जा दिनुपर्ने बाध्यता हट्नेछ ।
यसरी केन्द्रीय बैंकको संसोधित निर्देशनले आयात निरुत्साहित हुने र थप कर्जा वृद्धिमा केही लगाम लाग्ने दाबी गरिएको छ ।
Comments