Sajhamanch Archive

पुस १० का लागि बोलाइयो कांँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं- नेपाली कांँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय कमिटीको बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले १० गते बैठक बोलाउने भएपनि समय भने तय भइनसकेको पनि जानकारी दिएका छन्। त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ।

सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन्। १४औं महाधिवेशनबाट १३ जना पदाधिकारी १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *