Sajhamanch Archive

कांँग्रेसको प्रदेश २ अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच कुटाकुट

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

जनकपुर, प्रदेश २ मा जारी नेपाली कांँग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएको छ।

जनकपुरधामस्थित कांँग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षधरबीच कुटाकुट भएको हो।

प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन्। सभापति देउवा पक्षधरले रामकृष्ण यादवलाई अघि सारेका छन्।

रामसरोज यादवले निधि तथा डा। शेखर कोइरालाको साथ पाएका थिए। यस्तोमा दुवै पक्षका कार्यकर्ताबीच अधिवेशनस्थलमै मुक्का हानाहान भएको हो।

अधिवेशन जारी रहँदा निधि पक्षले बिहीबार दिउँसो मात्रै मतदान गर्नुपर्ने अडान लिएको छ। उता देउवा पक्षले भने बुधबार राति नै मतदान गराउन अडान लिएको छ।

यही विवादले उग्र रुप लिएपछि प्रदेश अधिवेशनमा सहभागी दुवै पक्षका प्रतिनिधिबीच कुटाकुट भएको छ।

दुई पक्षबीचको कुटाकुटका क्रममा अहिले अधिवेशनस्थल तनावग्रस्त भएको छ। प्रदेश २ को अधिवेशन आफ्नो पक्षमा पार्न देउवाले बालकृष्ण खाँणलाई पठाएका छन्। उता शेखर पक्षबाट गगन थापासहितका नेता पनि त्यहाँ पुगेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *