प्रदेश १ मा माओवादी केन्द्रले निर्वाचनबाट चयन गर्यो ९ पदाधिकारी, अध्यक्षमा नेम्वाङ
Published:
by .बिराटनगर, नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्ष पदमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्।
पदाधिकारी चयनका लागि बुधबार भएको चुनवामा प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई हराउँदै नेम्वाङ प्रदेश १ को माओवादी केन्द्रका अध्यक्ष बनेका हुन्।
नेम्वाङले १६९ मत पाए भने मेन्याङ्बोले ६४ भोट। विजयी नेम्वाङ जनार्दन शर्मा समूहका हुन् भने पराजित मेन्याङ्बो वर्षमान पुननिकट।
यस्तै तीन उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन्। यस्तै एक जना सचिव पदमा गणेश उप्रेती (सुशील) विजयी भएका छन्।
यसैगरी तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराँती विजयी भएका छन्। कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी भएका छन्।
नौ जना पदाधिकारी चयनका लागि भएको मतदानमा २४० जना सहभागी भएका थिए। १९ सदस्य भने अनुपस्थित रहे।
नौ पदाधिकारका लागि अध्यक्षमा दुई, तीन उपाध्यक्षका लागि ८, एक सचिवका लागि २, तीन सहसचिवमा १३ र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए।
गत मङ्सिर २५ र २६ गते सम्पन्न प्रदेश अधिवेशनले २५९ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारीमा भने सहमति भएन। यसैकारण बुधबार निर्वाचन गरी छानिएको हो।
Comments