चार दिनपछि सञ्चालना आयो मनकामना केबलकार
Published:
by .गोरखा, गोरखाको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ।
स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले गएको आइतबारदेखि हिजोसम्म केबलकार सेवा बन्द गरिएको थियो।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो।
मर्मतसम्भार सकिएकाले आज (बिहीबार) देखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
मनकामना केबलकार स्तरोन्नतिको चरणमा रहेको छ। कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो।
चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ।
रासस
Comments