लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाने छौं : अध्यक्ष नेपाल
Published: (Updated: )
by .नेपालगञ्ज, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध गरेर लैजाने पक्षमा रहेको बताएका छन् ।
बिहीबार समाजवादी प्रेस संगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य साना दललाई मिलाएर गठबन्धन बनाई निर्वाचनमा जाने तयारीमा लागेको बताए ।
निर्वाचनहरुको सिलसिला सुरु भएको र ती चुनावहरुमा प्रतिगामीहरुलाई पराजित गरेर आफूहरुले विजय प्राप्त गर्नका लागि गठबन्धन आवश्यक भएको अध्यक्ष नेपालले बताए ।
पूर्वप्रधानमन्त्री नेपालले एमसीसीको बारेमा गठबन्धनभित्र र बाहिरका दलहरुसँग घनिभूत छलफल भइरहेको जनाउँदै कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुग्ने स्पस्ट पारे ।
उनले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्विकार्ने जनाउँदै तर आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्विकार गर्न नसकिने बताए ।
संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उहाँले प्रतिगामीलाई सफल हुन नदिने दावी गरे ।
एकिकृत समाजवादी पाटीका विभिन्न कामहरु व्यवस्थित हँदै पालिका, जिल्लाहरुमा कमिटी गठन गर्ने कार्य तीव्र गतिमा भैरहेको उनको भनाइ थियो ।
नेता नेपालले देशको हित र रक्षाका लागि एकिकृत समाजवादी पार्टी चिन्तनशिल रहेको बताउँदै स्वास्थ्य, शिक्षा रोजगारीका साथै जनताको हीतका विषयमा पार्टी गम्भीर रहेको बताए ।
Comments