Sajhamanch Archive

सताक्षीधामदेखि होकलबारीसम्म २७ किमी सडक कालोपत्रे गर्न सुरु

Published: (Updated: ) in विविधा, समाज, by .

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतको बोर्डर होकलबारी सम्मको सडकमा कालो पत्रे गर्न सुरु गरिएको छ । सताक्षीधामबाट होलकारीसम्म २७ किमी सडक मध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि.मी सडकमा कालो पत्रे लगाउन सुरु गरिएको हो ।

प्रदेश नं. १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ करोडको लागतमा २७ किमी सडकको तिब्र रुपमा भइरहेको छ । आज शुक्रबार प्रदेश सांसद झलकसिंह दर्लामीको उपस्थितिमा उक्त सडकको कालो पत्रे गर्न सुरु गरिएको हो ।

सांसद दर्लामीले कालोपत्रे गर्न लागिएको सडकेको स्थलगत निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा संसाद दलार्मीले भने, दक्षिणी भेकका नागरिकलाई उत्तरी भेगसँग जोड्न सो सडकले ठूलो भूमिका खेल्ने छ । चुनाव ताका जनतासँग गरिएका प्रतिद्धताहरुलाई कार्यान्वयन गर्ने क्रममा विभिन्न तडबन्धन, सामुदायिक भवन निर्माण गर्दै हाल सडकको कामलाई तिब्रता दिदै आएको सांसद दर्लार्मीको भनाई थियो ।

चौरी बजारदेखि दक्षिण कनकाई माईको कटानबाट करिब १ किमी सडक बनाउन कठिनाई भएता पनि सो स्थानमा पुल निर्माण गर्न मन्त्रलायसँग बजेड माग गरिएको सांसद दर्लामीको स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिए ।

आउँदो आषाढ मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको बताईको छ । सो सडकको पूर्व पश्चिम लोकमार्गको झिलझिले देखि उत्तर सताक्षीधामसम्म कल्र्भड बनाउने काम सम्पन्न गरिएको र अव फिलिङ्गको काम सुरु गरिने समेत स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिए ।

सडक कालो पत्रे गर्न सुरु गरेपछि स्थानीय बासीले खुसी व्यक्त गरेका छन् । सडक निरिक्षणका क्रममा पूर्वाधार विकास कार्यलयका रमेश कुमार श्रेष्ठ, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, नेकपा माओवादी शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, वडा नं. ७ का वडाध्यक्ष नविन इजम, वडा नं. ४ का वडाध्यक्ष अधिकचन ताजपुरिया, स्थानीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धजिवी र स्थानीय बासीको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *