Sajhamanch Archive

आजदेखि माओवादीको बन्दसत्र, बन्दसत्र आज बिहान ११ बजे सुरु हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, काठमाडौंमा आइतबार सुरु नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज ९सोमबार० बन्दसत्र सुरु हुँदै छ।

बन्दसत्र उद्घाटनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा हुनेछ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बन्दसत्र आज बिहान ११ बजे सुरु हुनेछ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या १७ सय पुगेको पनि उनले जानकारी दिए। सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताइएको थियो। पछि प्रतिनिधिको संख्या १६ सय ३८ बनाइएको थियो। अहिले फेरि १७ सय गराइएको हो।

ढकालले  भने, ‘१७ सय प्रतिनिधि पुगेका छन्। सबै क्लस्टरबाट मिलाउदा संख्या केही बढेको हो।’ राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेसँगै प्रतिनिधिको संख्या पनि बढेको हो।

सुरुमा राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले शनिबार बेलुका स्थायी समिति बैठकबाट त्यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरी आइतबार बिहान केन्द्रीय समितिको बैठकबाट पास गराएको हो।

बन्दसत्रले राजनीतिक प्रतिवेदनलगायत दस्तावेज पारित गर्दै माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ केन्द्रीय कमिटी तथा पदाधिकारी सकेसम्म सहमतिमा नसके चुनावबाट गर्ने माओवादी केन्द्रका नेताहरूले बताइरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *