Sajhamanch Archive

चार बर्षिया बालिका बलात्कार गर्ने शिक्षकलार्इ मृत्युदण्ड

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

भारतको मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले चार वर्षीया बालिका बलात्कार गरेको मामलामा २३ वर्षे सरकारी अतिथी शिक्षकलाई बुधबार मृत्युदण्डको सजायँ सुनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार घटनाको ८१ औं दिनमा यो निर्णय सुनाइएको हो । पछिल्लो ७९ दिनदेखि बालिका दिल्लीको एम्स अस्पतालमा भर्ना छिन् । उनको स्थिती अहिलेसम्म चिन्ताजनक बताइएको छ ।

जिल्ला न्यायाधिसले दिनेश कुमार शर्माले चार वर्षीया बालिकाको अपहरण गरेर बलात्कार गरेको मामलामा महेन्द्र सिंह गोन्डलाई दोषी ठहर गर्दै उसलाई मृत्युदण्डको सजायँ सुनाएका हुन् ।

‘दिल्लीमा रहेका पीडित बालिका र उनका परिवारको बयान भिडियो कन्फरेन्समार्फत लिएपछि गोन्डलाई मृत्युदण्डको सजायँ सुनाइएको हो,’ जिल्ला अभियोजन अधिकारी रामपाल सिंहले भने ।

सिंहका अनुसार गोन्ड पीडितको परिवारसँग निकै नजिक थिए । जुलाई १ तारिखमा पीडित बालिकाका बुवालाई भेट्न गोन्ड मातेको अवस्थामा उनको घर गए । उनले त्यहाँ ती बालिकालाई घर बाहिरको कटमा सुतिरहेको देखे । बालिकाका बुवालाई भेटेपछि उनी त्यहाँबाट फर्किए ।

‘त्यसको केही समयपछि गोन्ड पुनः फर्किए र बालिकालाई कटमा एक्लै सुतिरहेको पाए । उनका बुवा त्यतिबेला शौचालय गएका थिए,’ सिंहले भने ।

‘मौकाको फाइदा उठाउँदै गोन्डले बालिकालाई उनको घरबाट लिएर गए र बलात्कार गरे । त्यसपछि झाडीमा फ्याँकिदिए,’ उनले थपे ।

जब बालिकाका बुवा फर्किए र छोरीलाई देखेनन् तब उनी हल्लाखल्ला गर्न थाले । विभिन्न स्थानमा खोजी गरेपछि बालिकालाई झाडीमा फ्याँकिएको पाए । पछि उनलाई पुलिसले पक्राउ गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *