दाहालको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने
Published:
by .काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
प्रदेशका ९ वटा समूह छन् । ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, विभाग, परराष्ट्र लगायत विभिन्न छुट्टा–छुट्टै २५ समूहमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने उनले बताए । महराका अनुसार मंगलबार सारमा छलफल गरेर बुधबार छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।
प्रवक्ता महराका अनुसार जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकारका तीन समूह बनेका छन् । जसको नेतृत्व नन्दकुमार थापाले गर्ने छन् । प्रदेश १ को समूहको नेतृत्व हर्क गुरुङले गर्ने छन भने प्रदेश २ मा गणेश साहले ।
बागमती प्रदेशको नेतृत्व सरल सहयात्रीले र गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङ गर्ने छन् । लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल र कर्णालीमा विमला केसी छन भने सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टलाई दिइएको छ ।
जबस अमृता थापा, प्रवास समितिमा लक्ष्मण पन्त, विभागको मायाप्रसाद शर्मा टोली नेता बन्दा सम्पर्क समन्वय प्रदेशमा कृष्ण अधिकारी रहेका छन् ।
Comments