Sajhamanch Archive

काँग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ, नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन हुन बाँकी १६ जिल्लाको निर्वाचन पुस २७ गते गर्ने भएको छ ।

सोमबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको हो ।

विवादका कारण यी जिल्लाको अधिवेशन पटकपटक सर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *