धनगढी आउँदै गरेको जीपबाट १६ किलो चरेस बरामद, दुई जना पक्राउ
Published: (Updated: )
by .धनगढी। बझाङबाट धनगढी आउँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेस फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको प्रहरीले बताएको छ।
कैलालीको चुरे गाउँपालिका-५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
चालक बझाङको बुङ्गल नगरपालिका-११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरालाई जीप र चरेससहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।
Comments