प्रेस चौतारी नेपालले माघ २२ मा महाधिवेशन गर्ने
Published: (Updated: )
by .लुम्बिनी । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक लुम्बिनीमा सुरू भएको छ ।
नेकपा एमालेका उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यमा बैठक सञ्चालन भएको हो ।
संगठनको बैठकमा हालै मनोनित केन्द्रीय सदस्यहरूलाई संगठनका अध्यक्ष गणेश बस्नेतले सपथ गराएका छन् ।
बैठक उद्घाटन समारोहमा पार्टीका नेताहरू पृथ्वी सुब्बा गुरूङ, भानुभक्त ढकाल, सूर्य थापा, विष्णु रिजालले सम्बोधन गरेका छन् ।
संगठनका अध्यक्ष बस्नेतको अध्यक्षतामा उद्घाटन गरिएको बैठकको सञ्चालन महासचिव राजेश राईले गरेका थिए ।
बैठकमा सहभागीहरूलाई संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी इन्चार्ज प्रदिप आचार्य, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले मन्तब्य राखेका छन् ।
बैठकले आगामी माघ २२ गते पोखरामा महाधिवेशन आयोजना गर्ने, माघ ५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने र पुस मसान्तसम्ममा जिल्ला अधिवेशन सम्पन्न गर्ने सचिवालयको निर्णयमा सहमति जनाएको छ ।
Comments