प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण
Published:
by .विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ९ र उर्लाबारीमा १, झापाको भद्रपुर र सुनसरीको इटहरीमा १–१ जनामा संक्रमण भएको छ ।
प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments