माओवादी महाधिवेशनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै
Published:
by .काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदैछ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बुधबार दिउँसो १ बजे समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुन लागेको प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।
प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको उनले बताए । आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्रको पहिलो दिन सोमबार अध्यक्ष दाहालले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए ।
साथै, स्थायी समिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । यसका लागि मङ्गलबार समूहगत छलफलका लागि समय छुट्याइएको थियो ।
Comments