Sajhamanch Archive

रोटरी मिडटाउन र रोट्रयाक मिडटाउनको पद हस्तान्तरण

Published: (Updated: ) in विविधा, समाज by .

बिर्तामोड । रोटरी क्लव अफ विर्तामोड मिडटाउनको आठौं तथा रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
विर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि रिजनल रोटरी फाउण्डेशन कोअर्डिनेटर वासुदेव गोल्यानले रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०२१÷२०२२ का प्रेसिडेन्ट दिनेशकुमार पोखरेललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराउनुका साथै पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

रोटरीको सिद्घान्त अनुसार रोटरी क्लव अफ विर्तामोड मिडटाउनका चार्टर प्रेसिडेण्ट सन्तोष अग्रवालले सन् २०२१÷२०२२ का प्रेसिडेन्ट पोखरेललाई रोटरी क्लव अफ विर्तामोड मिडटाउनको चार्टर प्रमाण पत्र प्रदान गरेका थिए भने आइपीपी प्रशान्त भण्डारीले प्रेसिडेन्ट पोखरेललाई ग्यावल गन प्रदान गरेका थिए ।
रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०२१÷२०२२ का प्रेसिडेन्ट पोखरेलले शपथ ग्रहणसहित पदभार ग्रहण गरे लगत्तै मिटिङको कल गरेका थिए ।
त्यसैगरी रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२१÷२०२२ का प्रेसिडेन्ट निरज चौधरीलाई जोनल रोट्रयाक रिप्रेजेन्टेटीभ विवेक श्रेष्ठले रोटरीको कलर पहिर्याएका थिए भने डिस्ट्रीक इन्ट्रयाक्ट कोअर्डिनेटर सन्नी गोयलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

यसैबीच कार्यक्रममा विभिन्न विधाका २७ जनालाई रोटरी क्लबले सम्मान गरेको छ । कार्यक्रममा रोटरी क्लब अफ विर्तामोड मिडटाउनका आइपीपी प्रशान्त भण्डारीले पत्रकार तलसीप्रसाद निरौला, एक्सेल डेभलपमेन्ट वैंक, मनमोहन सामुदायिक हस्पिटल, सहारा नेपाल, हिमालय डिस्टीलरी, बिर्तामोड आई हस्पिटल, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा , जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड, लाइफ मिडिया रिसर्च सेन्टरका प्रतिनिधी तथा प्रमुखलाई कदर पत्रद्वारा सम्मान गरेका थिए ।

त्यस्तै आफ्नो कार्यकालमा सहयोग गर्ने क्याप्टेन मुक्सहाङ याक्थुम्वा, रोटरियनहरु शिवकुमार अग्रवाल, शुभकुमाई पाठक, सुमन शर्मा जमरकट्टेल, शरद जोशी, रोषन वुढाथोकी, रेनु वंशल , प्रकृति न्यौपाने, दिनेश खतिवडा र इन्ट्रयाक्ट अंकिता भट्टलाई कदर पत्रद्वारा सम्मान गरेका थिए ।

त्यस्तै रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०२१÷२०२२ का प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले कोभिड हिरोको रुपमा रोटरियन शेरबहादुर थापा, सरसफाई हिरोको रुपमा विष्णु आचार्य, मेरा पिकको सफल आरोहण गर्ने रोटरियन शरद जोशी , मिस ग्राण्ड नेपालकी विजेता वविता आचार्य र हामीलाई पनि जाडो लाग्छ र शुद्ध पानि तिम्रो लागी नानीका सहयोगी दिनेश खतिवडालाई कदर पत्रद्वारा सम्मान गरेका थिए ।

त्यस्तै रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनकी आइपीपी प्रकृति न्यौपानेले रोट्रयाक्टर अफ द इयरको रुपमा रोट्रयाक्टर भिष्म घिमिरे र उत्कृष्ट रोट्रयाक्टर अनुजा अग्रवाललाई कदर पत्रद्वारा सम्मान गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *