Sajhamanch Archive

विर्तामोड नगरपालिको टोलीद्वारा बंगर फर्मको अनुगमन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

विर्तामोड । बिर्तामोड नगरपालिकाले बंगुर पालन गर्दै आएका वडा नम्बर १० गौरव टोलका कृषकहरुकोमा पुगेर अनुगमन गरेको छ ।

नगरप्रमुख ध्रुबकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, पशुपंछी तथा मत्स्य विकाश शाखाकी प्रमुख सावित्रा दाहाल लगायतको टीमले अनुगमन गरेको हो । आर्थिक वर्ष २०७७–७८ को शर्सतअनुदान अन्तर्गत केन्द्रबाट आएको १० लाख र कृषक समुहको १० लाख रुपैयाँ गरी लागत साझेदारी कार्यक्रमका रुपमा सञ्चालन हुँदै आएको बंगुर प्रर्वदन कार्यक्रममा १५ जना कृषक सहभागी छन् । ६५ हजार रुपैयाँ प्रति गोटका दरले खोर निर्माण गरेर कृषकहरुले उन्नत जातका बंगुरहरु पाल्दै आएका हुन् ।

नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले अनगुमनका क्रममा कृषकहरुले सफा र व्यवस्थित ढंगले बंगुरपालन गरेको देख्दा खुशी लागेको बताए । उनले बंगुरको उत्पादन बढाउनका लागि कृषि क्षेत्रमा अझै योजना बनाउनु पर्ने आवश्कयता रहेको र यसलाई अघि बढाइने बताए । कृषकहरुले उन्नत जातका ल्यान्डेर्स,ड्युरोक,चाइनिज गोल्डेन र पाख्रीबास कालो जातको बंगुर पालन गर्दै आएका छन् ।चाँडै फस्टाउने,धेरै बच्चा उत्पादन गर्ने र तौल पनि बढी हुने भएकाकारण यी बंगुरहरु छनोटमा परेको पशुपंछि तथा मत्स्य विकाश शाखाकी प्रमुख सावित्रा दाहालको जानकारी दिए ।

यस अघि परम्परागत तवरले बंगुरलाई डोरीले रुखको फेदमा बाँधेर पाल्ने गरेको भएपनि बंगुर प्रर्वदन कार्यक्रमआएपछि व्यवस्थित ढंगले आधुनिक खोरमा पालन गर्दै आएको आधुनिक कृषि तथा पशुपालन समुहका अध्यक्ष अर्जुनकुमार राईको भनाई छ । यो कार्यक्रमबाट बंगुरपालक कृषकलाई धेरै फाइदा पुगेको भन्दै उहाँले अझै यस्ता कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए ।

बंगुरको मासुमा बिर्तामोड नगरपालिका आत्मनिर्भर रहेको भन्दै कृषकहरुले यसको बजार खोज्नु पर्ने बताउँदै आएका छन् । भारत,भुटान लगायतका देशमा बंगुर बजारीकरण गर्नु पर्नेमा उनीहरुको माग छ । बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत पनि बंगुर पालन कार्यक्रमलाई अघि बढाउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *