पीपीई लगाएर मन्त्री कार्की आइसीयूमा
Published: (Updated: )
by .विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितसंग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएका छन् ।
पिपिई पोसाक लगाएर चिकित्सक टोलीसँगै को भिड अस्पतालको एचडियु र आइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे संक्रमितबाट जानकारी लिएका हुन् । प्रदेश सरकारले संचालन गरेको अस्पतालमा अक्सिजन चाहिने र गम्भीर प्रकृतिका संक्रमितलाई उपचार सेवा उपलब्ध छ ।
मन्त्री कार्कीले भने, भित्र चिकित्सकहरु नजाने गरेको, उपचारमा हेलचेक्राइँ हुने गरेको बाहिरबाट गुनासो आउने गरेको थियो त्यही भएर आफै अवस्था बुझ्न गएको हुन ।
कार्कीले उपचारमा कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र फेरि ओमीक्रोन संक्रमण बढ्न सक्ने देखिएकोले अस्पतालको व्यवस्थापन लगायतका विषयमा छलफल गरी जानकारी दिएको मन्त्री कार्कीले बताए ।
कोशी कोभिडमा एक सय बेडसहित आइसियु र भेन्टीलेरको समेत सुविधा छ । अहिले अस्पतालमा उपचार गर्नु पर्ने बिरामीको लागि कोशी कोभिडमा मात्र सेवा उपलव्ध छ ।
Comments