मृत्यु शून्य हुँदा, ३८२ कोरोना संक्रमित थपिए
Published: (Updated: )
by .काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ७ जनाको पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
Comments