माओवादीको निर्वाचन तालिका प्रकाशित : आज उम्मेदवारी दर्ता, भोलि मतदान
Published:
by .काठमाडौँ– नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।
प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
उम्मेदवार मनोनयनको प्रक्रिया भने शनिबार साँझ ८ बजेदेखि सुरु हुनेछ भने राति १०ः३० मा उम्मेदवार मनोनयनपछिको सूची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
आइतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८ः०० देखि ८ः३० सम्म तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सूचना ८ः३५ मा निर्वाचन समितिले दिने छ ।
उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८ः४० देखि ९ः०० बजेसम्म गर्ने छ र ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने छ । जसअनुसार ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ ।
बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।
Comments