Sajhamanch Archive

सूची तयार गर्न नसक्दा माओवादीको निर्वाचन कार्यक्रम स्थगित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं-  नेकपा (माओवादी केन्द्र)को निर्वाचन प्रक्रिया आइतबारसम्मका लागि स्थगित भएको छ। शनिबार राति हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको हो।

जारी महाधिवेशनमा केन्द्रीय समितिमा रहने सदस्यहरुको नाम प्रस्तावित गर्न सबै प्रदेशलाई भनिएको थियो। प्रदेशहरुलाई संख्याको कोटा पनि तोकिएको थियो।

तर, सबैजसो प्रदेशमा केन्द्रीय समितिमा पठाउने नामबारे विवाद भएपछि शनिबारलाई निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको नेता राम कार्कीले बताए।

भोलि प्रदेशहरुले सहमतिमा पुनः नाम सिफारिसको प्रयास गर्ने छन्। सहमतिमा नाम तय हुन सकेमा केन्द्रीय सदस्यहरुको सहमतिको सूची प्रस्तावित गरिनेछ। त्यसो हुन नसकेमा निर्वाचन हुनेछ।

निर्वाचन आयोगले भने आजै निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। जसअनुसार आइतबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने भनिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *