Sajhamanch Archive

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो २ बजे बस्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो ।

मुख्य सचिव पौडेलका अनुसार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे बस्ने बैठकका लागि केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

मुख्य सचिव पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समितिको बैठकबारे जानकारी दिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *