Sajhamanch Archive

क्रिक्रेट खेलाडीको पीसीआर परीक्षण नहुँदा ९ जना बन्द प्रशिक्षणमा अनुपस्थित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै बन्द प्रशिक्षणका लागि खेलाडीहरू सोमबार बिहान त्रिवि क्रिकेट मैदान सबै खेलाडी सहभागी हुने सहमति भएपनि पीसीआर परीक्षण बाँकी रहेकाले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीलगायत ९ खेलाडी भने आज उपस्थित भएका छैनन्।

आज (सोमबार) कोरोना परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आए भोलि मंगलबादेखि उनीहरू पनि सहभागी हुने नेपाल क्रिकेट संघ ९क्यान०​ ले जनाएको छ।

क्यान र कारबाहीमा परेका खेलाडीहरूबीच हिजो सहमति भएपछि सबै खेलाडी सोमबार सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका हुन्।

आयोजकका अनुसार आज पहिलो दिन फिटनेस ट्रेनिङ हुनेछ। सहमतिअनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीविरुद्ध सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ।

यसअघि क्यानले अनुशासन उलंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीविरुद्ध कारबाही गरेको थियो।

अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तान पदबाट हटाएको थियो। उनीहरूसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।

यो विवाद बढ्दै जाँदा यही वर्ष (सन् २०२२) मा अस्ट्रलियामा हुने टी–२० विश्वकपका लागि आगामी महिना (फेब्रुअरी) ओमानमा हुने ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएकामध्ये १३ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

बन्द प्रशिक्षणमा बोलाइएकामध्ये आधा खेलाडी सम्पर्कमा नआएपछि यो प्रकरण मिलाउन क्यानलाई दबाब परेको थियो। यहीबीच आइतबार दुई पक्षबीच सहमति भएको हो। योसँगै बन्द प्रशिक्षण पनि अघि बढेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *