Sajhamanch Archive

सेयर बजारले २६ सय अंक नाघ्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्सेले २६ सय अंक नाघेको छ । केही दिनयता बढ्दै गएको परिसूचक सोमबार ३२ अंकले उकालो लागेसँगै २६१६ अंकमा पुगेको हो । यसअघि आइतबार ६० अंकले बढेको थियो ।

कारोबार रकम करिब ४१ करोडले बढेको छ । आइतबार ४ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

उत्पादनबाहेकका उपसमूहहरु बढेका छन् । सो उपसमूह २ अंकले घट्यो । बैंकिङ २५, विकास बैंक ७३, फाइनान्स ४२, होटल तथा पर्यटन २३, जलविद्युत १०, लगानी १, जीवन बीमा ९३, माइक्रोफाइनान्स १४५, निर्जीवन बीमा ६१, अन्य ३ र ब्यापार उपसमूह १८६ अंकले बढे ।

कुल १४९ कम्पनीको मूल्य बढ्यो भने ४१ को घट्यो । मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७७ रुपैयाँ १० पैसा पुगेको छ ।

गुराँस लघुवित्तको ९.४, एनआइसी एसिया लघुवित्तको ८.३, साल्ट ट्रेडिङको ८.१ र फर्स्ट माइक्रोफाइनान्सको ७.८ प्रतिशतले मूल्य बढ्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *