चिसो बढेसँगै पर्साका तीन पालिकाका विद्यालय बन्द
Published:
by .वीरगञ्ज– तराईमा चिसो बढेपछि शीतलहर सुरु भएको छ। शीतलहर सुरु भएकाले पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन्।
पछिल्लो पटक जिल्लाको ठोरी र धोविनी गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्। जिराभवानी गाउँपालिकाले यसअधि नै पठनपाठन बन्द गराइसकेको छ।
शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै गाउँपालिकाहरूले पनि पालिकाका सम्पूर्ण संस्थागत र निजी विद्यालयमा पठनपाठन बन्द गराएका हुन्। विगत केही दिनदेखि चिसो र शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ।
Comments