Sajhamanch Archive

९ हजार ३२९ नमूना परीक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं– नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ९ हजार ३२९ जनाको नमूना परीक्षण गर्दा मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७९४ जनाको आरटी पीसीआर र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट ३५५ र एन्टिजेन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ।

अनुसार गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २६३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। हाल देशभर कोरोना भाइरसका ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *