शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक
Published: (Updated: )
by .काठमाडौं – नेपाली कांँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन्। कांँग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका नेता कोइरालाले आफूनिकट नेतालाई छलफलका लागि बोलाएका हुन्।
महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई बोलाएको कोइरालाको सचिवालयले जनाएको छ।
कोइरालाको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्नेछ। कोइरालासहित उनी पक्षका नेताहरू मंगलबार पनि छलफलमा जुटेका थिए।
सभापति देउवा एकलौटी हिसावले अगाडि बढ्न खोजेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको कोइराला पक्षका नेताहरूले बताएका छन्।
Comments