Sajhamanch Archive

बिहीबारदेखि पुन: वर्षा र हिमपात हुने, यस्तो छ मौसमी पूर्वानुमान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, by .

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ। मंगलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणाली बलियो बन्दै जानेभएसँगै बिहीबारदेनि चार दिनसम्म नेपालको मौसम खराब रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ।

विभागले एक सूचना जारी गर्दै हिउँदे वर्षाले पुर्‍याउने असरबाट जोगिन आह्वानसमेत गरेको छ। बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबारदेखि भने देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ। बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको प्रभाव रहनेछ।

यो समयमा उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने महाशाखाले जनाएको छ। केही भेगमा भारी हिमपात हुने भएकाले ती हिमाली क्षेत्रमा पर्यटकीय यात्रा र दैनिक यात्रा नगर्न विभागले अपिल गरेको छ।

प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने भएको छ। ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ। वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर कम हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *