Sajhamanch Archive

अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च

Published: in विश्व समाचार, स्वास्थ्य, by .

एजेन्सी–अष्ट्रेलियामा एकैदिनमा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार न्यू साउथ वेल्समा ८३ हजार ३७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

त्यस्तै भिक्टोरियामा ६० हजार ५ सय १५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २० जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ सक्रिय संक्रमितको संख्या ४८ हजार २ सय ९७ छ । भिक्टोरियामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

यस्तै क्वीन्सल्याण्डमा ३३ हजार ३ सय १३ को स्वाब परीक्षणबाट ५ हजार ६९९ जनामा कोरोना पुष्टि भएको छ । तास्मनियामा सोमबार २ हजार ८८ परिक्षणमा गर्दा ७०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *