Sajhamanch Archive

कोरोना संक्रमित थपिने क्रम बढ्दै, २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं– नेपालमा कोरोना भाइरसका दैनिक संक्रमित थपिने क्रम बढेको छ। बुधबार मात्रै थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार एन्टिजेन र आरटी पीसीआर विधिबाट १० हजार २६७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआर विधिबाट ६ हजार ७१५ नमूना परीक्षण गर्दा ३७० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ३ हजार ५५२ नमूनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ११ हजार ६०१ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २३९ जना कोरोना संक्रमण मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *