Sajhamanch Archive

निर्वाचनमा गठबन्धनको सरकारले आपसी तालमेल गर्नेछ : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन सरकारले आपसी तालमेल गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

बुधबार सिंहदरबारमा मन्त्री र सचिवसँगको छलफलमा निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘निर्वाचन आयोगले निर्वाचनको तयारी गरिराखेको छ । निर्वाचनको सम्बन्धमा हामीले आयोगलाई सक्दो सहयोग गर्नुपर्छ । निष्पक्ष निर्वाचन होस् भन्ने हाम्रो चाहना रहेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनमा गठबन्धनको सरकारले आपसी तालमेल गर्दै जानेछौँ भन्ने विश्वास छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *