Sajhamanch Archive

कमला मदनमा सोमनाथ रेग्मी स्मृति अक्षय कोष २०७८को स्थापना

Published: in विविधा, समाज, by .

कमल । झापाको कमल गाउँपालिका २ स्थित श्री कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा श्री सोमनाथ रेग्मी स्मृति कोष २०७८ को स्थापना गरिएको छ ।

गाउँपालिकाकै वडा नम्वर २ निवासी स्वर्गिय सोमनाथ रेग्मीको स्मृतिमा वहाँका जेठा छोरा तोयानाथ रेग्मी तथा बुहारी जानुका गुरागाईद्वारा विद्यार्थीको शैक्षिक उन्नयनमा मद्दत पु¥याउने उदेश्यले ५ लाख ५५ हजार ५सय ५५ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् ।

सोही विद्यालयमा रेग्मीका छोरा ,बुहारी, नातिनीले अध्ययन गरेका थिए । शिक्षाका क्षेत्रमा राज्यले गरेको लगानी पर्यापत नभएको कोषका संरक्षक तोयानाथ रेग्मीले बताए। समुदायले शिक्षा क्षेत्रमा रचनात्मक धारणा अझै बनाउन नसकेका कारण कोषको स्थापना गरेका हौ । उनले भने, आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट बन्चित विद्यार्थीहरुले स्थापना गरेको अक्षयकोषले सहयोग पु¥याउने छ ।

आफ्ना पिताजीको स्मृतिमा रेग्मी परिवारले स्थापना गरेको अक्षय कोष गाउँपालिकाकै अहिले सम्मको ठुलो हो । राज्यकोतर्फ बाट मात्र शैक्षिक सुधार सम्भव नभईराखेको बेला कोषले विद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्दै उत्कृष्ट विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न ठुलो सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

कार्यक्रममा कमल गाउँपालिका शिक्षा समिती सदस्य चक्र बहादुर गुरुङ्गले विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई ट्रयाक सुट वितर ट्रयाक सुट वितरण गरेका थिए ।

आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट बन्चित विद्यार्थीलाई कोषले ठुलो सहयोग पुग्ने छ भने आफ्ना पितालाई सधैभरी सबैले स्मरण गर्नेछन् । शैक्षिक क्षेत्रको सुधारका लागी सबैले सबै ठाउँबाट लाग्ने हो भने शैक्षिक सुधार गर्न समय नलाग्ने पेशागत महाँसंघ प्रदेश नम्वर १ का अध्यक्ष देवराज कार्कीले जानकारी दिए ।

वि.सं. १९९७ साल असार १६ गते तेह्थुममा जन्मनु भएका सोमनाथ रेग्मीको २०७७ साल पौष २९ गते देहावसान भएको थियो । सामान्य गरीब परिवारमा जन्मिए पनि शिक्षाप्रतिको लगाव तथा महत्व बुझी आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भन्ने पिताजीको भावनालाई आत्मसात गर्दै भविश्य सम्म बुबालाई जीवन्त राख्न तथा शैक्षिक क्षेत्रमा बुबाले गर्नु भएको योगदानलाई पुरा गर्न कोषको स्थापना गरेको रेग्मी परिवाले जनाएको छ ।

कोषबाट माध्यमिक विद्यालय तह (कक्षा १२) पूरा गर्ने उत्कृष्ठ १ छात्र १ छात्रा गरी दुई जनालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने छ ।
यस विद्यालयमा अध्ययन गरेका सोमनाथका परिवारका सदस्य शिक्षा सेवामा पनि कार्यारत छन् । साधारणदेखि उच्च पदस्थ निजामती कर्मचारीका हाल सम्म कार्यारत रहेका छन् । जेठो छोरा तोयानाथ रेग्मी, उपसचिव, हाल शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, अर्जुनधारा नगरपालिका कार्यरत छन् भने जेठी बुहारी जानुका गुरागाइँ, शाखा अधिकृत रुपमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुर रहेकी छिन् । त्यसैगरी माईलो छोरा कुमारप्रसाद रेग्मी, निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा बाह्दशीमा कार्यरत रहेका छन् ।

विद्यालय शिक्षक यामनारायण प्रधानले सन्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक हिम प्रसाद दाहालले विद्यालयको बर्तमान अवस्थाका साथै कोषले विद्यार्थीलाई पुग्ने फाईदाका बारेमा बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *