Sajhamanch Archive

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटको मिति सरेको छ ।

भारतीय पत्रिका ‘द हिन्दू’का अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले समिटको मिति सारेको हो ।

जनवरी १० देखि हुने भनिएको समिटको मिति सरे पनि अर्को मिति भने तोकिएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार समिट स्थगित भएको जानकारी भारतीय मिडियाबाट आए पनि औपचारिक पत्र आइनसकेको जानकारी दिए ।

प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा मन्त्रालयले औपचारिक सूचि सार्वजनिक गर्न बाँकी भएकाले यो विषयमा अहिले केही भन्न सक्ने अवस्था नभएको उनको भनाइ छ । भारतीय विदेश मन्त्रालयले औपचारिक पत्र पठाएपछि मात्र यो विषयमा बोल्न मिल्ने उनले बताए ।

‘सामान्यतया राष्ट्रपति र प्रधानमन्त्री भ्रमण भन्दा तीन दिन अगाडि औपचारिक रुपमा तालिका सार्वजनिक हुन्छ ।

हामीले अहिलेसम्म भ्रमणको तालिका सार्वजनिक गरिसकेका छैनौँ’, प्रवक्ता लम्सालले भने, ‘समिट स्थगित भएको विषयमा भारतबाट औपचारिक पत्र आएपछि मात्र केही भन्न सक्ने अवस्था हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *