नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा
Published:
by .विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगरको होटल मनास्लुमा भोली विहान ११ वजेदेखि शुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलेले देशभर हुन जिल्ला सम्मेलनको एकै पटक भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
जिल्ला अधिवेशनमा स्थायी कमिटी सदस्यहरु लालबााबु पण्डित, गुरु बराल, डा.शिवमायाँ तुम्वाहाम्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल लगायतका नेताहरुको सहभागिता रहने बताईएको छ । जिल्ला अधिवेशनमा १ हजार ४ सय ३० जना प्रतिनिधि सहभागी हुने सचिव खतिवडाले जानकारी दिए । उनका अनुसार पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरु आयोजकका रुपमा प्रतिनिधि रहने छन् ।
जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चबाट पनि प्रतिनिधि सहभागि हुने खतिवडाले बताए । ‘वैचारिक गतिशिल र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध संगठन, एमालेको नेतृत्वमा सम्वृद्ध मोरङ’ नाराका पुस २३ र २४ गते हुने अधिवेशनले पूर्ण समावेशी नेतृत्व चयन गर्ने गर्ने छन् । त्यस्तै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् ।’
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव,उपसचिव २ सहित १६५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने खतिवडाले बताए ।
सम्मेलन स्थलको मञ्च आधुनिक शैलीमा सिंगारिएको छ । मञ्च व्यवस्थापनको काम करिव अन्तिम चरणमा पुगेको छ ।
विद्युतिय माध्यमबाट उद्घाटन हुने सम्मेलनको मञ्च स्थलको साज सज्जा फरक शैलीको भएको मञ्च व्यवस्थापन उपसमितिका संयोजक मुकेश बुढाथोकीले बताए । उनका अनुसार मञ्च स्थल छरितो रुपमा सजाईएको छ ।
राष्ट्रिय महाधिवेशन भन्दा पनि मोरङको अधिवेशनको मञ्चको सजावट राम्रो रहेको बुढाथोकीले बताए । मञ्चलाई छरितो र आर्कषक बनाउने योजना अनुसार व्यस्थापन गरिएको छ । मञ्च स्थलमा मोरङका जातजाती झल्कने चित्रलाई पनि राखिएको खतिवडाले बताए । उनले भने, यसअघिका सम्मेलनको भन्दा यस पटकको मञ्च राम्रो छ ।’
मञ्चको स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल लगायतका नेताहरुले अवलोकन गरेका छन् । नेताहरुको अवलोकन पनि प्राप्त सुझावलाई पनि समेटेर कामलाई अन्तिम चरणमा पु¥याईएको बुढाथोकीले जानकारी दिए ।
Comments