Sajhamanch Archive

झापाको शिवसताक्षीमा किराँतधर्मावलम्बीहरुले कक्फेवा तङ्नाम पर्व मनाउने

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा किरात धर्मलम्बीहरुले कक्फेवा तङ्नाम पर्व मनाउने भएका छन् ।

शिवसताक्षी नगरपालका १०स्थित माइधारमा यही पौष २९ गतेदेखि माघ २ गतेसम्म कक्फेवा तङ्नाम पर्वको आयोजना गरिने भएको हो । किराँत धर्म तथा साहित्य उत्थान संघ र किराँत खिजोलुङ जिल्ला कार्यसमिति झापाको संयुक्त आयोजनामा कक्फेवा तङ्नाम पर्व मनाइन लागिएको किराँत खिजोलुङ माङ्हिमका अध्यक्ष भवानी विक्रम सेलिङ्गले जानकारी दिए ।

शिवसताक्षीमा वि.सं. २०५३ सालदेखि उक्त पर्व मनाउन थालिएको भएका पनि वि.सं. २०६७ सालदेखि ठूलो कार्यक्रम आयोजना गरी जिल्ला स्तरीय कार्यक्रम गर्दै आएको अध्यक्ष सेलिङ्गले बताए ।

कक्फेवा तङ्नाम पर्वमा पौष ३० गते कनकाई माईमा साङ्वा वोन्मा (गालीश्राप) बहन्ती र अष्ट यक्षय सेवा गरिने आयोजकले जनाएको छ । त्यस्तै माघ १ गते किराँत जातिहरुको नाच केलाङ, माङलाङ, धान नाच, ख्याली हाक्पारे नाचहरु सुरु गरी माघ २ गते समापन गरिने किँरात धर्म साहित्य उत्थानसंघका अध्यक्ष लक्ष्मी योङहाङ्गले जानकारी दिए ।

कक्फेवा तङ्नाम पर्वमा प्रदेश नं. १ भित्रका किराँती दाजुभाईहरु लगायत दार्जिलिङ्ग, सिक्किमबाट पनि सहभागी हुने आयोजकले जनाएको छ ।
पर्व सम्पन्न गर्न करिब ८ लाख खर्च हुने आयोजकले जनाएको छ । धर्म अनुरागीहरुको दिएको दान भेटीबाट पर्व सम्पन्न गरिने लक्ष्य लिएपनि अपुक रकम आयोजक समितिले निकाल्ने गरी पर्व मनाउन लागिएको किँरात धर्म साहित्य उत्थानसंघका अध्यक्ष लक्ष्मी योङहाङ्गले जानकारी दिए । आयोजकले सबै किराँत धर्मलम्बीहरुलाई कक्फेवा तङ्नाम पर्वमा उपस्थित हुन आवाहन समेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *