एमालेले चौध जिल्लामा गर्यो सर्वसम्मत नेतृत्व चयन
Published:
by .प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार सुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृतव निर्वाचित हुन थालेको छ। अध्यक्ष केपी ओलीले अधिवेशन उद्घाटनका क्रममा भने जस्तै हालसम्म विभिन्न १४ जिल्लामा सर्वसम्मत अध्यक्ष छानिएका छन्।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लाको नतिजा आएको हो। रिजालका अनुसार अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।
नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा पनि अशोक ब्याञ्जु अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। उता धादिङमा संघीय सांसदसमेत रहेका भूमि त्रिपाठी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
नेता महेश बस्नेतको पकड रहेको भक्तपुरमा बचन देउजाले अध्यक्षको जिम्मेवारी पाएका छन्। उता एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा हुकुमबहादुर बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका छन्।
नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा बालसिंह काउछा अध्यक्ष बन्न सफल भएका छन्।
को कहाँ निर्वाचित ?
झापा- दीपक कार्की
पाल्पा- धनेन्द्रराज घिमिरे
दाङ- हुकुमबहादुर बस्नेत
डोल्पा- शेरबहादुर बुढा
सल्यान- गोविन्द पुन
बर्दिया- लालबहादुर श्रेष्ठ
बॉके-किस्मतकुमार कक्षपति
धादिङ- भूमि त्रिपाठी
अर्घाखाची- पीताम्बर भुसाल
मोरङ- ऋषिकेश पोखरेल
काभ्रे- अशोक ब्याञ्जु
मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
भक्तपुर- बचन देउजा
गुल्मी- बालसिंह काउछा
Comments