उपत्यकामा कोभिड संक्रमण बढ्दै गएपछि तीन जिल्लाका सीडीओ छलफल गर्दै
Published:
by .काठमाडौं, काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले जनजीवनमा पुनः कडाइ गर्ने तयारी गरेको छ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर कोभिड संक्रमण नियन्त्रणको विषयमा आवश्यक निर्णय लिन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
‘आज दिउँसो वा भोलिसम्ममा बैठक बस्छ होला’ सीडीओ रिजालले आइतबार बिहान भने, पछिल्लो समय उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न बैठकले आवश्यक निर्णय लिनेछ।’
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमण नियन्त्रणको लागि सरकारले नागरिकको जमघटमा पुनः कडाइ गर्ने तयारीसमेत अघि बढाएको छ।
काठमाडौं उपत्यका सङ्क्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। शनिबार एकैदिन काठमाडौंमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
विगत एक सातायता उपत्यकामा संक्रमणदर सात प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Comments