मेरो सरकार असफल बनाउन कांँग्रेसले कर्मचारीलाई उर्दी जारी गर्यो : अध्यक्ष ओली
Published: (Updated: )
by .झापा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांँग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको दाबी गरेका छन्।
गृहजिल्ला झापाको चन्द्रगढीमा नेपाल निजामती कर्मचारी संगठनको भवन आइतवार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। कांँग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी पनि उनले गरेका छन्।
‘तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छु, उनले भने, तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन।’ सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेकोसमेत अध्यक्ष ओलीले आरोप लगाएका छन्।
ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलन रोकेर शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध गएको पनि आरोप लगाएका छन्।
Comments