Sajhamanch Archive

एमालको आगामीे केन्द्रीय कमिटीको बैठक झापाको वाटर किङ्डम पार्कमा

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको वाटर कङ्डम पार्कको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज एक भव्य कार्यक्रमका बीच शिवसताक्षी न.पा. ८, भिलझिले स्थित वाटर किङ्डम पार्कको उद्घाटन गरेका हुुन् ।

उनले उद्घाटनका क्रममा बोल्दै पर्यटकको प्रचुर सम्भावना बोकेको शिवसताक्षी क्षेत्रमा निजी स्तरबाट ५० औं करोडका लगानीमा वाटर किङ्डम पार्क खोलर समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा गर्न टेवा पुग्ने भन्दै खुसी व्यक्त गरेका छन् ।

अहिले कोभिडका कारण ठुला उद्योग र पार्कहरुमा केही समस्या परेको छ । यस्ता देश विकासमा टेवा पुग्ने क्षेत्रहरुमा धरासयी बन्दा सरकारले त्यस प्रति ध्यान दिन अध्यक्ष ओलीले सुझाए । कोभिड धेरै समय नरहला उनलेभने, कुनै दिन नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक हामी यसै पार्कमा गर्नेछांै ।
उनले राजीतिक प्रशङ्ग जोड्दै देश विकास गर्न नेकपा एमाले चाहिएको बताए । एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर ल्याउने उनको भनाई थियो ।

उनले एमाले सरकारमा भएका बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले काटिदिएको आरोप लगाए । आउँदो चुनावमा एमालेको बहुमत आउने र फेरी विकासको लहर ल्याउने उनको दावी थियो ।

पार्क सञ्चालक राजकुमार संग्रौलाले झिलझिले चोकबाट पार्क सम्म अध्यक्ष ओलीलाई बग्गीमा चढाएर बाजा गाजासहित पु¥याएका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, वाटरपार्क सञ्चालक राजकुमार संग्रौलाले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *