Sajhamanch Archive

भूमिहीन किसानको समस्याप्रति वेवस्ता गरेको भन्दै शिवसताक्षीका ६ दलले बुझाए नगरपालिकमा ज्ञापन पत्र

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी। भूमिहीन र सुकुम्बासीहरुको समस्या समाधानका लागि शिवसताक्षीका ६ वटा राजनीतिक दलले विज्ञप्ती जारी गरी नगरपालिकामा बुझाएका छन् ।

भूमिहीन एवं सुकुम्बासीको समस्या समाधानका लागि शिवसताक्षी नगरपालिकालाई नमूना पालिकाको रुपमा चयन गर्दै नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले सम्झौताका लागि बोलाउँदा शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा नगएर समस्या समाधानमा बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्ती मार्फत नगरपालिकामा ध्यनाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष महेन्द्र भट्टराई, नेकपा (एकीकृत समाजवादी) का नगर उपाध्यक्ष खड्गध्वज खापुङ, संघीय लिम्बूवान मञ्च नेपालका नगर अध्यक्ष प्रकाश लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष मणिप्रसाद खड्का, जनता समाजवादी पार्टीका नगर अध्यक्ष पल्टन ताजपुरियाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुखको बेवास्ताप्रति आपत्ति जनाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *