Sajhamanch Archive

विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by .

काठमाडौं- शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।

बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सीसीएमसीसीले सिफारिस गरिएको छ।

हिजोको सीसीएमसीसीको बैठकले खोप कार्ड नभइ माघ ३ गतेदेखि सार्वजनिक सेवा लिन नमिल्ने गरि निर्णय गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *