प्रदीप र आशिफको साझेदारीमा एपीएफको सानदार जीत
Published:
by .काठमाडौं– विभागीय टिम एपीएफले जारी प्रधानमन्त्री कप पुरुष टी २० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो जीत निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा एपीएफले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो। खेलमा १६४ रनको लक्ष्य पाएको प्रदेश २ ले जवाफमा पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३९ रन बनाएपछि एपीएफले २४ रनको जीत निकालेको हो।
टस जितेर ब्याटिङ रोजेको एपीएफका ओपनर प्रदीप ऐरी र आशिफ शेखले सादानर प्रदर्शन गरे। उनीहरुले १२० रनको साझेदारी गरेसँगै एपीएफले ठूलो लक्ष्य प्रस्तुत गर्न सकेको थियो।
खेलमा प्रदिपले ४८ बलमा ६० रन बनाए भने आशिफले ४५ बलमा ६३ रन जोडे। दुवै खलाडीलाई रितेस सिंहले पेवेलियन फर्काएका थिए। एपीएफका सन्दीप जोराले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। रितेशले चार विकेट गिराउँदा विवेक यादवले एक विकेट गिराए।
जवाफमा प्रदेश २ का हरीशंकर शाहले ३६ रन बनाए भने मोहम्मद आदिल आलमले ३५ रन बनाए। त्यस्तै, सुरज पटेलले १५ र विवेक यादवले १३ रन जोडे। बलिङतर्फ एपीएफका कमल ऐरी, अभिनास बोहरा र भुवन कार्कीले समान २–२ विकेट गिराए। किशोर महतो र सरद भेषावकरले पनि १–१ विकेट लिए।
यससँगै पीएम कपको पहिलो दिनको खेल सकिएको छ। पहिलो दिन आर्मी, पुलिस, एपीएफ र बाग्मति प्रदेशले जित निकालेका छन्। यि टिमले जीत निकाल्दै दुईदुई अंक जोडेका छन्। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश २ ले हार बेहोरेका छन्।
Comments