Sajhamanch Archive

एमाले जिल्ला अधिवेशनले ४५ जिल्लाको गर्यो नयाँ नेतृत्व छनौट (सूचीसहित)

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन शुरु भएको चौथो दिनसम्म सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट नेतृत्व चयन जारी छ । सोमबार साँझ सात बजेसम्म ४४ जिल्लाको परिणाम आइसकेको छ ।

पछिल्लो पटक पर्वतमा सहमतिमा नेतृत्व टुंगिएको छ । राजु पौडेल अध्यक्षमा सर्वसम्मत भएका छन् । त्यस्तै प्युठानमा निर्वाचनबाट विजय विराज विष्टले जितेका छन् भने उदयपुरमा सहमतिबाटै परमेश्वर घिमिरे अध्यक्षमा चयन भएका छन् ।

दोलखाको मतगणना अन्तिम चरणमा पुगेको छ । कास्कीमा मंगलवार मतदान हुने भएको छ । केही जिल्लाको मतदान भएर गणना जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले ६३ जिल्लाको अधिवेशन एकैपटक उद्घाटन गरेका थिए ।

महासचिव शंकर पोखरेलले सिरहा जिल्ला अधिवेशन आइतवार उद्घाटन गरेपछि अधिवेशन भएका जिल्लाको संख्या ६४ पुगेको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र शुरु भएको छैन ।

केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् । जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् ।

तत्कालीन नेकपा विभाजनपछि प्रचण्ड(माधव समूहतिर लागेका अध्यक्ष हटाएर बनाइएका तत्कालीन ओली पक्षका अन्तरिम अध्यक्षहरु नै प्रायः धेरै जिल्लामा निर्वाचनबाट आएका छन् ।

१० बुँदे सहमतिबाट एमालेमा रहेकामध्ये हालसम्म चुनावी प्रक्रियाबाट बागलुङका हिरा केसी र प्युठानका विजयविराज विष्ट निर्वाचित भएका छन् भने भोजपुरमा शरणकुमार राई सर्वसम्मत भएका छन् ।

अध्यक्षमात्र होइन पदाधिकारीमा पनि नयाँ युवाले प्रवेश पाएका छन् । एमालेले प्यानल बनाएर चुनाव लड्न रोक लगाएका कारण धेरै ठाउँमा गुटगत भन्दा पनि व्यक्तिगत प्रतिस्पर्धा भएको उपमहासचिव विष्णु रिमालले बताए ।

यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरु:

प्रदेश १
१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर –शरण राई

८. इलाम- महेश बस्नेत

९. साेलुखुम्बु- डुफकुमार बास्ताेला

१०. उदयपुर- प्रमेश्वर घिमिरे

प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी

वागमती
१. धादिङ – भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडाैं – दीपक निराैला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी
१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *