Sajhamanch Archive

सानिमा बैकं दमकले खुद्रा पैसा बचत गर्न नमानेको सेवाग्राहीको गुनासो , बैकं भन्छ : त्यो पैसा सर्टिङ गरिएको थिएन

Published: (Updated: ) in अर्थतन्त्र, विविधा, समाज by .

कमल । सानिमा बैक दमक शाखामा रकम बचत गर्न जाँदा बैकले रकम बचत गर्नै नमानेको सेवाग्राहीले आरोप लगाएका छन् ।

झापाको कमल गाउँपालिकामा निर्माण हुँदै गरेको भृकटी अस्पतालका लेखापालले पाटी भुक्तानीका लागी बैकमा रकम गर्न जाँदा बैकंकले रकम लिन नमानेको बताए ।

अस्पतालको भौतिक निर्माण भैरहेको र त्यसकालागी सामान सप्लाई गर्ने कम्पनीको खातामा नगद जम्मा गर्न जाँदा बैकले भैचर भरे अनुसारको पुरा रकम लिन इन्कार गरेको अस्पतालका लेखापाल तुलसी गौतमले जानकारी दिए ।

गत पुष २३ गते पशुपति आइरसन एण्ड स्टिल कम्पनीको नाममा मन्सा कन्ट्रक्सन एण्ड सप्लायर्सको नामबाट ९ लाख ५० हजार रुपैया बचत गर्न जाँदा बैंकले २ लाख ५५ हजार रुपैँया चाहि बचत गर्नै नमानेको उनले बताए ।

२ लाख ५५ हजार रुपैँया ५ , १० र ५० रुपैँयाका नोट भएका कारणनै बैंकले जम्मा गर्न नमानेको र अझ आफुलाई त्यहाबट अपहेलना गरेर बैकंबाट फर्कनु परेको गौतमले पत्रकार सम्मेलन गरेर आफु माथी बैंकले अन्याय गरेको जानकारी गराए ।

कुनैपनि बित्तीय संस्थाले सेवाग्राहीको रकम बचत नै गर्न नमान्नु वित्तिय ऐन विपरित भएको अस्पताल सञ्चालक समितीका अध्यक्ष बुद्धिमान बताए ।

कोहि पनि सेवाग्राहीले खुद्रा पैसा बचत गर्न जानै नपाउने गरि सानिमा बैकले व्यवहार गरेको हुँदा यस्ता व्यवहारबाट अन्य सेवाग्राहिलाई दुख दिन नदिन उनले पत्रकार सम्मेलन मार्फत बैकलाई अनुरोध गरेका छन् ।

बैकका अपरेसन इन्चार्ज रोषन खड्काका अनुसारे बचत गर्न आएको रकम अन्य कुनै बैकबाट सर्टिङ नगरिएको पैसा थियो ।

राष्ट्र बैकको नीति अनुसार सर्टिङ नगरिएको रकम कुनै पनि बैकले ग्राहकलाई दिनै नमिल्ने तर कुमारी बैकंले नयाँ र पुरानो नोट बर्गिकरण नगरी पठाएको हुँदा त्यस्तो रकम कुनैपनि बैकंले नलिने गरेको खड्काले स्पष्ट पारे ।

खुद्रा पैसा नै भएका कारण चाहि रकम जम्मा नलिएको भन्ने कुरा सत्य नभएको खड्काले स्पष्ट पारे । त्यो रकम कुमारी बैकंमै गएरर नयाँ नोट वा सर्टिङ गरेको नोट ल्याएर आउनु भनेर पठाएको कुनै दुव्र्यहार भने नगरेको खड्काको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *