बिहीबार ५४.१२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो
Published:
by .काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज ९बिहीबार० सेयर बजार बढेको छ। बिहीबार सेयर बजार परिसूचक (नेप्से) ५४.१२ अंकले बढेर २८५७.७५ विन्दूमा पुग्यो।
बुधबार घटेको सेयर बजार अन्तिम कारोबार दिन भने बढेर बन्द भएको हो। बुधबार सेयर बजार ३०.५१ अंकले घटेको थियो। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बिहीबार ८.९४ अंकले बढेर ५३०.८३ विन्दूमा पुग्यो।
बिहीबार सेयर बजारका प्राय सबै समूहको उपसूचक उकालो लाग्यो। अन्य समूहको उपसूचक भने ३.४१ अंकले घट्यो।
बिहीबार सेयर बजारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँको कारोबार भयो। सेयर बजारमा जम्मा ७७ हजार ६६८ पटक कारोबार हुँदा १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच भयो।
बिहीबार सेयर बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार सेयर बजारमा ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
Comments