Sajhamanch Archive

क्यान्सर पीडित विरामी बचाउन नेविसंघको अपील

Published: in विविधा, समाज by .

भद्रपुर । कचनकवल ७ का क्यान्सर रोगबाट पीडित २२ वर्षे मनोज सापकोटा, कचनकवल २ की सामवती राजवंशी र कचन कवल १ का झारू राजवंशी बचाउन नेपाल विद्यार्थी संघ कचनकवल गाउँ समितिले सहयोगको अपील गरेको छ ।

संघका जिल्ला सचिव नारायण नेपाल तथा कचनकवल अध्यक्ष सागर राजवंशीको नेतृत्व टोलीले ३ जना विरामीको घरमा पुगेर पोषिलो खानाका लागि जनही आठ हजार सहयोग समेत गरेको छ । आर्थिक सहयोग पश्चात क्यान्सर पीडित ३ जना विरामी बचाउन दातासित अनुरोध गर्दै यथासक्य सहयोग दिन नेवीसंघ टोलीले सवैलाई आग्रह गरेको छ ।

लक्ष्मी क्याम्पस कचनकवलमा स्नातक तह चौथो वर्षमा अध्ययनरत सापकोटा क्लासिकल हड्किंग लिम्फोमा नामक क्यानसरबाट पीडित छन् । गत वर्ष भारत स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा तीस लाख खर्च गरी उपचार गरेर फर्केका सापकोटालाई पुनः रोगले आक्रमण गरेपछि उपचार खर्च अभावमा परेकोले सहयोगको अपील गरिएको नेपाल विद्यार्थी संघका जिल्ला सचिव नारायण नेपालले जानकारी दिएका छन् ।

सहयोग अभियान चलाइ रहेका नेपालका अनुसार सापकोटाको उपचारका लागि बोन म्यारो नै फेर्नु पर्ने भएकाले ४० लाख बढी खर्च हुने विज्ञ डाक्टरहरूले सल्लाह दिएकाले सवै दाताको सहयोग जरूरी रहेको छ । उनका अनुसार मनोज सापकोटाको नाममा रहेको एन.आई.सी एसिया शाखा कचनकवलको खाता नंः के ३८७०३००९३८५२४०१ मा रकम जम्मा गर्न सकिने छ । अथवा इ सेवाको आइ डी एम ९८१६०८५९६५ मार्फत पनि सहयोग गर्न सकिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *