Sajhamanch Archive

कांँग्रेसले लिपुलेक हाम्रो हो, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ भन्दै निकाल्यो बिज्ञप्ती

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसले लिपुलेक-लिम्पियाधुराबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आपत्ति प्रकट गर्दै करिब २ सातापछि आफ्नो धारणा सार्वजनिक गरेको छ।

कांँग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन्।

उनीहरुले भारतीय प्रधानमन्त्री मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेकोु भनेर दुई साताअघि एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै संस्थागत रुपमा कांँग्रेसको धारणा सार्वजनिक गरेका हुन्।

महामन्त्रीद्वय शर्मा र थापाले निकालेको विज्ञप्तिमा भनिएको छ, लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपाली भूमि हो। यसबारेमा कांँग्रेसले विगतदेखि नै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट गर्दै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *